काठमाण्डौं — अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने कार्यमा दोलखालीको पनि संलग्नता रहेको आशंका गरिएको छ । उक्त अभियोगमा प्रहरीले दोलखा घर भएका अनुप खड्कासहित ६ जनालाई पक्राउ गरेको छ । खड्काको पूर ठेगाना आईसकेको छैन ।
केन्द्रीय अनुसन्धान ब्युरोले बिजयबिक्रम शाहसहित ६ जनालाई पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद लिएको छ ।
ब्युरोका प्रमुख एआईजी उत्तमराज सुवेदीले शाहसहितका व्यक्तिमाथि अमेरिकाबाट भित्र्याइएको शंकास्पद रकमको अनुसन्धान गर्न पक्राउ गरिएको बताए ।
अन्य पक्राउ पर्नेमा आछामका पृथ्वी साह,अछामकै बन्निगढी गाउँपालिका ६ घर भई हाल काठमाडौंको चावहिल बस्ने विजयविक्रम शाह, जाजरकोटका चक्रबहादुर खत्री, पश्चिमनवरपराससीका रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद छन । विजयविक्रम पृथ्वी शाहका भाई हुन ।