सभामुखको निर्वाचन माघ ७ गते गर्ने प्रस्ताव
काठमाडौं । प्रतिनिधिसभाले आगामी माघ ७ गते सभामुख चयन गर्ने भएको छ । शुक्रवार बसेको सर्बदलीय बैठकले प्रतिनिधिसभाको सभामुख चयनको लागि माघ ७ गतेको लागि तय गर्ने सहमति गरेको छ ।
प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ । त्यसअघि शुक्रबार बसेको सर्बसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनले भने, ‘यसमा लगभग सहमति भएको छ ।’
प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९ १५:१७
प्रतिक्रिया दिनुहोस्