Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सर्बदलीय बैठक : संसदमा शिर्ष नेताहरुले सम्वोधन गर्ने

काठमाडौं । आज बसेको सर्बदलीय बैठकले प्रतिनिधिसभा बैठकको एजेण्डा तय गरेको छ । प्रतिनिधि सभाको बैठक सञ्चालन सम्बन्धी नयाँ नियमावली नबन्दासम्म पूरानै नियमावली अनुसार बैठक राख्ने सहमति भएको छ । संसदको पहिलो बैठकका एजेण्डा तय गर्न बसेको सर्वदलीय बैठकले पहिलो दिन दलका शीर्ष नेताहरुले बोल्ने कार्य तालिका तय गरेको छ ।

यस्तै बैठकले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तय गरेको छ । सभामुख चयनका बारेमा भने अर्को सर्वदलीय बैठकले निर्णय गर्ने सहमति भएको नेताहरुले जानकारी दिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update