Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सिंगटी बजार क्षेत्रमा नियम बिपरितका गतिविधि नगर्न विगु गाउँपालिकाको निर्देशन
सिंगटी बजार

सिंगटी । दोलखाको विगु गाउँपालिकाले उत्तरी क्षेत्रकै व्यापारिक केन्द्र मानिने सिंगटी बजारलाई व्यवस्थित बनाउने प्रक्रिया सुरु गरेको छ । बजार क्षेत्रलाई व्यवस्थित बनाउन गाउँपालिकाले नियम बिपरितका गतिबिधि नियन्त्रण गर्न सार्वजनिक सूचना जारी गरेको छ । 

नियम बिपरित सडक आसपास घरटहरा बनाउने, सडक तथा सार्वजनिक स्थानमा सरसामान राख्ने र व्यवसाय संचालन गर्ने, जथाभावी पार्किङ गर्ने जस्ता क्रियाकलाप बढेपछि गाउँपालिकाले यस्तो कदम चाल्न लागेको हो । गाउँपालिका अध्यक्ष संजिव ओलीले मंगलवार एक सार्वजनिक सूचना जारी गर्दै बजार क्षेत्र अव्यवस्थित हुनेगरी भैरहेका नियम बिपरितका कार्य रोक्ने जनाएका छन् ।

जथाभावी सवारी पार्किङ नगर्न, नगराउनुहुन, सकड तथा सार्वजनिक स्थानमा व्यापार व्यवसाय संचालन नगर्न, नगराउन सूचनामा आग्रह गरिएको छ । जारी सूचनामा नियम विपरित सडक तथा सार्वजनिक स्थान मिचेरबनाईएका घरटहरा तत्काल हटाउन पनि भनिएको छ । 

अर्को व्यवस्था नभएसम्मका लागि सवारी पार्किङको लागि गाउँपालिकाले सिंगटी हेलिप्याड मैदान आसपास र खोलिखिम खेल मैदान आसपासलाई अस्थायी सवारी पार्किङ क्षेत्र तोकिएको छ । जथाभाबी सवारी पार्किङ गरिनुका साथै नियम बिपरितका क्रियाकलाप बढ्दा सिंगटी बजार क्षेत्र अव्यवस्थित बनेको गुनासो छ । 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update