नेपालमा थप १७ जनामा कोरोना संक्रमण, संख्या ९९ पुग्यो
काठमाडौं - नेपालमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । एक जना दुई महिने शिशु सहित १७ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले वीरगञ्जमा थप कोरोना संक्रमिट भेटिएको जानकारी दिए । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७ १६:४४
प्रतिक्रिया दिनुहोस्