हेटौंडा । वाग्मती प्रदेशसभा सदस्यको शपथ ग्रहण पुस १४ गते बिहीबार हुने भएको छ । शुक्रबार बिहान प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले पुस १३ गते २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्यको शपथ ग्रहण र १४ गते २ बजे अन्य सदस्यको शपथको मिति तय गरेको कांग्रेस सांसद प्रभात तामाङले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुङ्गानाले सांसदहरुलाई शपथ गराउनेछन् । प्रदेशसभाका ११० सांसदमध्ये ज्येष्ठ सदस्यका आधारमा उनलाई प्रदेश प्रमुखले सपथ गराउनेछन् । उनले बाँकी सांसदलाई शपथ ग्रहण गराएर आगामी अधिवेशनको सुरुवात गर्नेछन् ।
ढुंगानाको अध्यक्षतामा प्रदेशसभाको नयाँ अधिवेशन सञ्चालन हुनेछ ।संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा सभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्ने व्यवस्था रहेको छ । सोहीअनुसार नुवाकोट निर्वाचन क्षेत्र २ ९१० बाट प्रदेशसभामा निर्वाचित ढुङ्गानाले प्रदेशसभाको आगामी अधिवेशनको बैठक सञ्चालन गर्नेछन् ।
निर्वाचन आयोगले प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको तथ्यांकअनुसार उनी ७२ वर्षीया हुन् । उनको जन्म २००६ साल असोज २ गते भएको थियो ।