लकडाउन १० दिन थप्ने सरकारको निर्णय
काठमाडौँ — सरकारले जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । लकडाउनलाई आगामी जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १० दिन थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
जारी लकडाउनको समयावधि भोली सकिनु एकदिन अघि सरकारले यस्तो निर्णय गरेको हो ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७ १३:४०
प्रतिक्रिया दिनुहोस्