Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पेट्रोलियम ढुवानी ट्यांकरको भाडा बढेपछि निगमलाई वार्षिक ८० करोडको भार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेपछि वार्षिक ८० करोड व्ययभार थपिने भएको छ । शुक्रबारदेखि लागू हुने गरि इन्धन ढुवानी गर्ने करिब १९ सय ट्यांकरको भाडा वृद्धि गरिएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्ययका अनुसार दुई वर्षअघि निगमले गरेको भाडा समायोजन सम्बन्धी अध्ययनमा १० प्रतिशतसम्म भाडा बढ्दा निगमलाई ८० करोड हाराहारी व्ययभार थपिने निष्कर्ष निकालिएको थियो ।

सञ्चालक समितिले कात्तिक २७ मा गरेको निर्णयअनुसार निगमले १ पुसमा भाडा वृद्धि कार्यान्वयन गरेको प्रवक्ता उपाध्यायले बताए । उनका अनुसार ढुवानी भाडा कम्तीमा पाँचदेखि १० प्रतिशत सम्मले बढेको छ ।

सञ्चालन घाटा देखाउँदै उपभोक्तालाई चर्को मूल्य असुलेको निगमले व्यवसायी पोस्नेगरि ढुवानी भाडा वृद्धि गरेको भन्दै आलोचना सुरु भएको छ ।

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update