सिन्धुलीमा जङ्गली माहुरीको टोकाइबाट एक जनाको ज्यान गयो
सिन्धुलि – सिन्धुलीमा जङ्गली माहुरी अर्थात घारेको टोकाइबाट एक जनाको ज्यान गएको छ । घारेको टोकाइबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं ७ को कार्यालयमा कार्यरत वडा सचिव प्रेम बहादुर रायक्षेत्रीको ज्यान गएको हो ।
सर्लाहीबाट हरिहरपुरगढी गाउँपालिका आउने क्रममा जङ्गली माहुरीको टोकाइबाट घाइते भएका उहाँको उपचारको क्रममा ज्यान गएको हो ।
प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९ ११:१८
प्रतिक्रिया दिनुहोस्