Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अब विरामी रिफर र मृत्यु संस्कारलाई मात्र सवारी अनुमति

चरिकोट - स्थानीय प्रशासनले दोलखामा बिरामी रिफर र मृत्यु संस्कार बाहेक सबै किसिमको सवारी पास बन्द गरेको छ । सोमवार सार्वजानिक सूचना जारी गर्दै प्रशासनले अस्पतालले रिफर गरेका बिरामी बाहेक सबै किसिमका सवारी पास बन्द गरिएको जानकारी गराएको हो ।

चिकित्सकको रिफर कागजका आधारमा मात्र विरामीलाई तोकिएको अस्पतालमा मात्र पास जारी गर्ने, मृत्यु संस्कारको प्रमाणको आधारमा पास जारी गर्ने र सोको लागि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको समन्वयमा मात्र जारी गरिने प्रजिअ भिमकान्त शर्माले जानकारी दिए ।

विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थालाई मध्येनजर गर्दै यस्तो निर्णय गरिएको उनले बताए । खाद्यन्न, औषधी, लगायत अत्यावश्यक सामग्री ढुवानीका लागि संक्रमण नदेखिएको नजिकको जिल्लाका लागि मात्र पास जारी हुने जनाईएको छ ।

यस्तै अर्को व्यवस्था नभएसम्म जिल्ला भन्दा बाहिर अन्य जिल्लाका लागि ईपास पनि जारी नहुने प्रशासनले जनाएको छ । जिल्ला बाहिरबाट पूर्व समन्वय नभै सवारी पास जारी भई आएमा उक्त अनुमति कार्यान्वयन नहुने र पास विना सवारी साधन चलाईएको भए सवारी साधन नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम कारबाही हुने पनि प्रशासनले स्पष्ट पारेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update