गठबन्धनका उम्मेदवार हराउँदै दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेका केसी बिजयी
चरिकोट । प्रदेश सभा क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार भरत बहादुर केसी बिजयी भएका छन् । निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति बर्मा लामालाई पराजित गर्दै केसी विजयी भएका हुन् । केसीले १९४१४मत प्राप्त गर्दा लामाले १७५९५ मत प्राप्त गरे । उनीहरुबीचको मतान्तर १८१९ रहेको छ ।
यो प्रदेश सभा निर्वाचन क्षेत्रमा एक नगरपालिका र ३ गाउँपालिका गरेर ४ ओटा स्थानीय तहमा ३४ वडा छन् । यस क्षेत्र अन्तर्गत शैलुङ गाउँपालिका २ भुषाफेदा र कालिञ्चोक गाउँपालिका वडा नम्बर १ मा गठबन्धनले बुथ कब्जा गरेको आरोप लागेको थियो । ती बुथहरुमा गठबन्धनका उम्मेदवारको फराकिलो अग्रता देखिएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९ ०८:२३
प्रतिक्रिया दिनुहोस्