गुण नियन्त्रण कार्यालय काभ्रेका प्रमुख घिमिरे मृत अवस्थामा फेला
काभ्रे – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत अवस्थामा फेला परेका छन । कार्यालयका प्रमुख घिमिरे कार्यालयकै छतमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । शुक्रबार दिउँसो सवा १२ बजे कार्यालय भवनको चौथो तलामा झुन्डिएको अवस्थामा घिमिरेको शव फेला परेका प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए ।
प्रहरी निरीक्षक घिमिरेका अनुसार मुचुल्का तयार भइरहेको र शवलाई पोस्टमार्टम लागि धुलिखेल अस्पताल लगिने तयारी भइरहेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९ १६:५१
प्रतिक्रिया दिनुहोस्