Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
फेरी घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । आईओसीले नेपाल आयाल निगमलाई मूल्य घटेको सूची पठाएको हो । डिसेम्बर १ मा पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटेर आएको हो । 

नेपाल आयाल निगमका प्रवक्ता विनितमणी उपाध्ययाले मूल्य पेट्रोलिय पदार्थमा मूल्य घटेर आएको बताए । उनले भने, ‘पेट्रोल प्रतिलिटर २.३८ रुपैयाँ, डिजेल ११.२६ रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ र मटिट्तेलमा प्रतिलिटर ८० पैसा घटेर आएको छ । ग्यासको प्रतिसिलिन्डर ४४ रुपैयाँ मूल्य वृद्धि भएर आएको हो ।’

अबको १५ दिनमा निगमलाई नाफा ५३ करोड नाफा हुने छ । भारतबाट इन्धन ल्याएको पुरानो पैसा र सरकारसँग लिएको ऋणको कारण अहिले तत्कालै पेट्रोलिय पदार्थको मूल्य घट्न सक्ने अवस्था नरहेको उपाध्ययाले बताए ।

अब निगमलाई पेट्रोल बिक्रीबाट प्रतिलिटर १३ रुपैयाँ, डिजेलमा ५३ पैसा नाफा रहको छ । भने, ग्यास प्रतिसिलिन्डर २ सय ७७ रुपैयाँ घाटा रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update