प्रत्यक्षबाट संसदमा महिलाको प्रतिनिधित्व न्यून
काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको नतिजामा ३३ प्रतिशत महिला पुग्न मुस्किल देखिएको छ । बाजुरा, दोलखा र स्याङजा बाहेकको नतिजा सार्वजनिक भैसक्दा प्रत्यक्ष निर्वाचन प्रणालीबाट सवैधानिक व्यवस्था अनुसार संसदमा महिलाहरुको प्रतिनिधित्व पुग्न असम्भव देखिएको हो ।
३३ प्रतिशत पुर्याउन अब दलहरुले समानुपातिक कोटाबाट महिला सांसद छनौट गर्नुपर्ने भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार प्रतिनिधि सभाका १६५ सिटमध्ये ५ प्रतिशत अर्थात ९ जना मात्रै महिला विभिन्न राजनीतिक दलबाट निर्वाचित भएका छन् ।
जसमा नेकपा (एमाले) बाट ४ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना, नेपाली कांग्रेसबाट १ जना, नेकपा (माओवादी केन्द्र) बाट १ र नागरिक उन्मुक्ति पार्टीबाट १ जना महिला निर्वाचित भएका हुन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ ०८:३०
प्रतिक्रिया दिनुहोस्