दोलखाका भेट्रान उमा खेलाडी उद्धवलाई ब्रिटिस च्याम्पियनसिपमा दोहोरो पदक
काठमाडौं। दोलखा घर भएका नेपाली भेट्रान खेलाडी उद्धाव थापा मगरले उमा (वर्ल्ड युनिफाइड मार्सल आर्ट्स) ब्रिटिस च्याम्पियनसिपमा दोहोरो पदक जित्न सफल भएका छन् । युकेको ओर्चेस्टरमा भएको प्रतियोगितामा उद्धवले चाइनिज प्याटर्न फर्ममा स्वर्ण तथा वेपन प्याटर्न फर्ममा रजत जित्न सफल भएका हुन् ।
उनी दोलखा जिल्ला शैलुङ गाउँपालिका वडा नम्बर २, भुषाफेदा निवासी उद्धवले ४५ वर्षमाथि उमेरसमूहमा सफलता हात पारेका हुन् ।
नेपाल उमा कुङफु संघका संस्थापक अध्यक्ष उद्धव हाल उमा कुङफुका सहायक मुख्य प्रशिक्षक हुन् । अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका उद्धव फाइट ब्याक सेल्फ डिफेन्स नेपालका प्रमुख प्रशिक्षक हुन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ ०८:०१
प्रतिक्रिया दिनुहोस्