चरिकोट - नेपाल पत्रकार महासंघ दोलखा शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका छन् । महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सदरमुकाम चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
महासंघको आफ्नै भवनमा आयोजित खुला रक्तदान कार्यक्रममा दोलखाका महत्वपूर्ण र क्रियासिल सञ्चारकर्मी सहित १७ जनाले रक्तदान गरेका छन् ।
कोरोना भाईरसका कारण लकडाउन भएको बेला दोलखामा गम्भीर प्रकृतिका बिरामी र प्रसुति सेवा लिनेहरुका लागि रगतको अभाव नहोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको पाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामाले बताए ।
भौतिक दुरी कायम गरी नेपाल रेडक्रस सोसाईटी दोलखा शाखासँगको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदाताहरुलाई भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा संकलित १७ पिन्ट रगत नेपाल रेडक्रस सोसाईटी दोलखाले संचालन गरिरहेको ब्लड बैंकमा जम्मा गरिनेछ ।