चरिकोट - दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु नभएपछी सत्तारुढ गठबन्धनले दबाब बढाउन थालेको छ ।
गठबन्धनका उम्मेदवारहरुले सदरमुकाम चरिकोटस्थित मतपेटिका राखिएको भवन गौरीशंकर क्यापस अगाडि धर्ना दिएका छन् भने बजारमा सिठ्ठी जुलुस निकालिएको छ । गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता गंगा कार्की, प्रदेश १ का उम्मेदवार कुन्दनराज काफ्ले र प्रदेश २ का उम्मेदवार बर्मा लामा लगायतका उम्मेदवारहरु धर्नामा बसे भने त्यस् अघि सिठ्ठी जुलुस निकलियो । तत्काल मतगणना सुरु गर्न माग गर्दै उम्मेदवारहरुले मतपेटिका राखिएको गौरीशंकर बहुमुखी क्यापस अगाडि धर्नामा बसेका हुन् ।
यसैगरी मतगणना तत्काल सुरु गर्न माग गर्दै गठबन्धनका कार्यकर्ताहरुले चरिकोटमा सिठी जुलुस प्रर्दशन गरेका थिए । उनीहरूले मुख्य निर्वाचन अधिकृत बिरुद्ध चर्को नाराबाजी समेत गरेका छन् । निर्वाचन आयोगले जिल्लाको राय बुझेर निर्णय गर्ने तयारी गरेको छ ।