नेपालगञ्जमा एकैदिन १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो
बाँके - नेपालगञ्जमा एकैदिन १५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण भेटिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।
आईतवारै पर्सा जिल्लाका ३६ वर्षीय पुरुषमा र नेपालगन्जको प्रयोगशालामा परीक्षण गर्दा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको थियो ।
आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ४९ हजार ६ सय ८८ नमुना परीक्षण र पीसीआर विधिबाट १३ हजार ४ सय १४ परीक्षणहरु भएको छ । यस्तै आइसोलेसनमा बस्नेको संख्या ७८ जना रहेका छन् भने क्वारेन्टाइनमा २१ हजार ९ सय ५१ जना रहेका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७ १९:०५
प्रतिक्रिया दिनुहोस्