समानुपातिक मतगणनामा एमाले पहिलो स्थानमा
काठमाडौं - प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ अहिलेसम्मको मतगणनामा एमाले पहिलो दल बनेको छ । धेरै मत पाउनेमा नेकपा एमाले पहिलो स्थानमा देखिएको हो । निर्वाचन आयोगले अपडेट गरेको विवरण अनुसार एमालेले दुई लाख मत कटाईसकेको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले एमालेलाई पछ्याईरहेको छ । कांग्रेसले १ लाख ४२ हजार ९१२, तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ७२ हजार २८१, चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ६९ हजार ३५५ मत पाएको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ३८ हजार १६५, जनमत पार्टीले १३ हजार १०, जनता समाजवादी पार्टीले १२ हजार ५३५, नेकपा एकीक्ृत समाजवादीले ८ हजार ७१० र नेपाल मजदुर किसान पार्टीले ८६३६ मत पाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ ०८:०४
प्रतिक्रिया दिनुहोस्