दोलखाको तामाकोशी गाउँपालिकामा १५ राउन्ड गोली चल्यो, एक नेपाली सेना घाइते
दोलखा – दोलखाको तामाकोशी गाउँपालिकामा मतदानका क्रममा गोली चलेको छ । जिल्लाको तामाकोशी गाउँपालिकास्थित कालापानी मावि मतदानस्थल एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले १५ राउन्ड गोली चलाएको हो । झडपमा नेपाली सेना घाइते भएको प्रदेश प्रहरी कार्यालय बागमतीकी डीआइजी किरण बज्राचार्यले जानकारी दिनुभयो ।
प्रहरीमाथि दलका कार्यकर्ताहरूले ढुंगा प्रहार गरेको उहाँले बताउनुभयो । मतदानस्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरीको कमाण्डो फोर्स र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९ १५:३५
प्रतिक्रिया दिनुहोस्