दोलखाको तामाकोशी गाउँपालिका २ झुलेमा हवाई फायर
दोलखा – दोलखाको तामाकोसी गाउापालिका वडा नं २ स्थित अमर मावि भतरेचौर मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ । उक्त घटनापछि मतदान स्थगित भएको छ ।
एकैचौटी धेरै मतदाता मतदान स्थलभित्र छिर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । उक्त भिडले प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि पेस्तोलबाट एक राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । सो मतदान स्थलमा प्रहरी नायव निरीक्षक को नेतृत्वमा ७ जनाको टोली खटिएको थियो ।
उक्त घटनापछि तामाकोसी गाउापालिकाबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप १० जनाको टोली झिकाइएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९ ११:५७
प्रतिक्रिया दिनुहोस्