Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
निर्वाचनका लागि विशेष सुरक्षा योजना लागु गर्ने तयारी

काठमाडौँ - मंसिर ४ गते हुने निर्वाचनको सुरक्षाका लागि सरकारले विशेष सुरक्षा योजना तयार पारेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासहितको सहायतामा गृह मन्त्रालयले विशेष सुरक्षा योजना तयार पारेको हो । जसअन्तर्गत विभिन्न २० वटा सुरक्षा रणनीतिक कार्ययोजना बनाइएको छ ।

यसबारे निर्वाचन आयोगका निर्वाचन आयोगका आयुक्त ईश्वरी प्रसाद पौडेलले जानकारी दिएका हुन् । मतदानभन्दा अघिल्लो दिन मंसिर ३ गते र मतदानको दिन मंसिर ४ गते आवश्यक परेका स्थानमा हवाइ गस्ती गरिने पनि बताइएको छ ।

पौडेलका अनुसार सुरक्षा रणनीति अन्तर्गत मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील स्थानको रुपमा वर्गिकरण गरी सोही अनुरुप आपतकालीन सुरक्षा टोली ३० मिनेटमा मतदान स्थलमा पुग्ने गरी तयार पारिएको छ ।

यस्तै महत्त्वपूर्ण राजमार्गमा पेट्रोलिङ गरिएको पनि बताइएको छ । निर्वाचन भाँड्ने समूहलाई निगरानी गरिने पनि आयुक्त पौडेलले बताए । 

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  ००:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update