गौतमलाई प्रतिनिधिसभामा लैजाने नेकपाको निर्णय, स्थायी कमिटी बैठक बोलाईयो
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ ।
शनिवार साँझ वसेको बैठकले गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको हो । आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश लगाएतका विषयमा आत्मालोचना गरेका छन् ।
साथै बैठकले २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ । बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन सचिवालयको बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७ २०:५१
प्रतिक्रिया दिनुहोस्