Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
निर्वाचनका लागि ४ दिन सार्वजनिक बिदा

काठमाडौँ - सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४ दिन बिदा दिने जनाएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयले शिक्षण संस्था र विद्यालयलाई ४ दिन र सरकारी कार्यालय र सार्वजनिक निकायलाई २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृहमन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि शिक्षण संस्थान र विद्यालयलाई मंसिर २ देखि ५ गतेसम्म र सार्वजनिक निकाय र सरकारी कार्यालयमा मंसिर ४ र ५ गते बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, आइतबार हुन गइरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा मतदानस्थल रहेका शिक्षण संस्था, विद्यालयहरूमा २०७९ मंसिर २ देखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा मिति २०७९ मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने नेपाल सरकारबाट निर्णय भएको व्यहोरा जानकारी गराइन्छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update