जिल्ला प्रशासन कार्यालय दोलखाद्धारा जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषित
दोलखा – आगामि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय दोलखाले जिल्लालाई आइताबारदेखि मदिरा निषेधित क्षेत्र घोषण गरीएको छ ।
कार्यालयले एक सुचना जारी गर्दै आज मध्यरातिदेखि मंसीर ६ गते मध्यरातिसम्म जिल्ला भित्र मदिरा विक्रि वितरण तथा ओसारपसारमा रोक लगाएको हो । प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले निर्वाचनको समयमा शान्ति सुरक्षा भङ्ग हुन नदिन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) को (क) बमोजिम मादक पदार्थ निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिनुभयो ।
साथै होटल व्यवसाय समेत बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न र प्रशासनको घोषणा विपरित कोहि कसैबाट उल्लङ्घन गरेको पाईएमा कानुन बमोजीम कारवाहि हुने जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९ १८:०१
प्रतिक्रिया दिनुहोस्