Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
निर्वाचन बिथोल्न २३ वटा समुह सक्रिय

काठमाण्डौं - मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन बिथोल्नका लागि देशभर २३ वटा समूह सक्रिय देखिएको छ । गृहमन्त्रालयले ती समुह निर्वाचन बिरोधी गतिविधिमा सक्रिय रहेको निष्कर्ष निकालेको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बहिष्कारदेखि लिएर चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नदिन ती समुह सक्रिय रहेको जानकारी दिए । 

निर्वाचन विरोधी गतिविधि गर्ने समूहलाई नियन्त्रणमा लिएर उनीहरुका गतिविधि रोक्न जिल्ला तहका सुरक्षा निकायले ध्यान दिने उनले बताए । उनका अनुसार मतदानका दिन ३ घेराको सुरक्षा प्रबन्ध मिलाईएको छ ।

पहिलो घेरामा नेपाल तथा म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिने छ । निर्वाचन सुरक्षाका लागि म्यादीसहित २ लाख ९८ हजार ५ सय ८९ जना सुरक्षाकर्मी परिचालन हुने उनले बताए ।

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update