हत्या आरोपमा दोलखा मेलुङ गाउँपालिकाका एक महिला सहित दुईजना पक्राउ
काभ्रे – काभ्रेको धुलिखेल नगरपालिका–११ डाडागाँउ बस्ने ५२ वर्षीया बिन्दा कमिनीको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले बिहीबार राति दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दोलखा मेलुङ–७ घर भएकी २८ वर्षीया कोपिला विक र धुलिखेल नगरपालिका–११ डाँडागाँउ बस्ने ५० वर्षीय गोपाल विक छन । आरोपी कोपिला मृतककी नातिनी हुन । कोपिला र गोपालले मादक पदार्थ सेवन गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९ १३:३६
प्रतिक्रिया दिनुहोस्