Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दक्षिण कोरियाले १६ मुलुकको (एपिएस) सम्झौता एकैसाथ नवीकरण गर्दै

काठमाण्डौं - दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने तयारी गरेको छ । सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्न लागिएको हो । जसका कारण नवीकरण केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिए ।

कोरियाले नेपालसहित श्रीलंका, पाकिस्तान, बंगलादेश, भियतनाम, कम्बोडिया, फिलिपिन्स लगायत विभिन्न १६ मुलुकहरूबाट इपिएस प्रणालीमार्फत् कामदार लैजाने गरेको छ। नेपाल र दक्षिण कोरियाबीच सन् २००७ मा इपिएस प्रणालीअनुसार श्रमिक लैजाने समझदारी भएको थियो। समझदारीपछि कोरियाले सन् २००८ देखि कोटा छुट्याएर नेपाली श्रमिक लैजाँदै आएको छ। पछिल्लो पटक सन् २०१८ मा नवीकरण भएको उक्त द्विपक्षीय समझदारी सन् २०२० देखि नवीकरणको प्रक्रियामा छ।

निर्देशक कटुवालका अनुसार अब हुने नवीकरणमा कमिटेड (करार अवधिभर एउटै कम्पनीमा कार्यरत श्रमिकलाई थप अर्को अवधिका लागि सम्झौता गरिएका) नेपाली श्रमिकहरू नेपाल फर्किएको एक महिनामै पुनः कोरिया फर्किन पाउने व्यवस्था गरिनेछ। यसअघि तीन महिनापछि मात्रै फर्कन पाउने व्यवस्था थियो।

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update