दोलखा – दोलखामा लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोग संक्रमणको संख्या एक सय नाघेको छ । दोलखाको ७ वटै स्थानिय तहहरुमा हाल सम्म १ सय ६ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार संक्रमित हुनेमा ४७ जना महिला र ६१ जना पुरुष रहेका छन् ।
जिल्लामा हाल सात वटा स्थानिय तहमा मात्रै डेंगु संक्रमण फलिएको छ । जस अनुसार भीमेश्वर नगरपालिकामा १८ जना महिला २५ जना पुरुष गरी ४३ जनाका डेंगु संक्रमण देखीएको छ भने जीरी नगरपालिकामा ५ जना महिला र ३ जना पुरुष गरी ८ जनाका डेंगु पुष्टी भएको छ । यस्तै बैतेश्वर गाँउपालिकामा १६ जना महिला र १८ जना पुरुष गरी ३४ जना, तामाकोशी गाँउपालिकामा ११ जना पुरुष, मेलुङ गाँउपालिकामा ५ जना महिला र १ जना पुरुष गरी ६ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय दोलखाका सुचना अधीकारी पुरुषोतम आर्यलले जानकारी दिनुभयो ।
यस्तै शैलुङ गाँउपालिकामा १ जना महिला र २ जना पुरुष गरी ३ जना र गौरीशंकर गाँउपालिकामा १ जना पुरुषमा डेंगु संक्रमण पुष्टी भएको हो । यो सँगै दोलखामा डेंगु संक्रमीतको संख्या १ सय ६ पुगेको छ । हाल विगु गाँउपालिकामा र कालिञ्चोक गाँउपालिकामा भने डेंगु संक्रमित शुन्य रहेको सुचना अधिकारी अर्यालले बताउनुभयो ।