Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
निर्वाचन सामग्री धमाधम ढुवानी

काठमाण्डौं - आमनिर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले मतपत्र तथा निर्वाचन सामग्रीको ढुवानीलाई तीव्रता दिएको छ । आयोगका अनुसार हालसम्म समानुपातिक तर्फको प्रतिनिधिसभा तथा प्रदेशसभाका मतपत्र ८ वटा जिल्लाबाहेक जिल्लामा ढुवानी भइसकेको छ भने केही दुर्गम जिल्लामा बाटोघाटो अवरोध भएका कारण मतपत्र ढुवानीको काम बाँकी रहेको आयोगले जनाएको छ।

प्रत्यक्ष तर्फका मतपत्र अबका केही दिनमा दुर्गम जिल्लाबाट ढुवानीको क्रम सुरु गरिनेछ । आयोगले शुक्रबारदेखि विभिन्न ५७ प्रकारका निर्वाचन सामग्री मतपेटिका, छेकाबारा, स्वस्तिक छापलगायतका ढुवानी सुरु गरेको छ। सुदूरपश्चिम, कर्णाली र पूर्वाञ्चलका जिल्लाहरूमा उक्त निर्वाचन सामग्री ढुवानी सुरु गरिएको हो । 

अब दुर्गम जिल्लाहरूमा निर्वाचन सामग्रीको ढुवानी गरिने र त्यहाँबाट जिल्ला निर्वाचन कार्यालयमार्फत ती सामग्रीलाई सम्बन्धित निर्वाचन अधिकृतलाई बुझाउने र निर्वाचन अधिकृतले मतदान अधिकृतलाई बुझाउनेछन्। आयोगले पूर्व निर्धारित कार्यतालिका अनुसार १६ कात्तिकभित्र नै निर्वाचन सामग्रीको ढुवानी कार्य भइरहेको जनाएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update