भलिवल प्रतियोगितामा सहभागि हुन हार्दिक अनुरोध..
बलिहाङ तथा शुभदिपावलीको उपलक्ष्यमा दोलखा जिल्ला विगु गाउँपालिमा वडा नम्बर ८, खोपाचागु स्थित थामीचागु कल्याणकारी युवा क्लव र खोपाचागु खेलकुद विकास समितिको आयोजनामा निम्न, मिति, स्थान र समयमा वडा स्तरिय भलिवल प्रतियोगिता हुने भएकोले समुह बनाई प्रतियोगितामा सहभागि हुन हार्दिक अनुरोध गरिन्छ ।
प्रतियोगिता हुने मिति : २०७९ साल कात्तिक ६ गतेदेखि ८ गतेसम्म ।
स्थान : विगु गाउँपालिका वडा नम्बर ८, थामीचागु खेल मैदान ।
समय : विहान ९ बजे ।
टिम दर्ता शुल्क : दुई हजार पाँच सय मात्र ।
टिम दर्ता मिति : २०७९ साल कात्तिक ६ गते विहान १० बजेसम्म ।
पुरस्कारहरु :
प्रथम पुरस्कार : तीस हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र ।
द्धितिय पुरस्कार : विस हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र ।
तृतिय पुरस्कार : १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र ।
सान्त्वना पुरस्कार : ५ हजार नगदसहित शिल्ड मेडल र प्रमाण पत्र ।
बेस्ट स्पाईकर, बेष्ट प्लेयर, बेष्ट डिफेन्डरलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताका नियमहरु :
१. प्रतियोगितामा सम्पूर्ण खेलहरु अन्तराष्टिय भलिवल महासंघको नियमानुसार खेलाईनेछ ।
२. विगु गाउँपालिकाको परिचय खुल्ने खेलाडी हुनुपर्नेछ ।
३. एक टिममा खेलाडी संख्या ९ जना र टिम प्रशिक्षक १ जना सहित १० जना हुनुपर्नेछ ।
४. प्रतियोगितामा कुनैपनि वादविवाद भएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
५. खेलाडीको लागि प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ तर गम्भिर चोटपटक लागेमा स्वयं खेलाडी नै जिम्मेवार हुनेछ ।
६. खेल खेल्दा अनिवार्य रुपमा नम्बर अंकित जर्सी लगाउनुपर्नेछ ।
७. खाना र बस्नको व्यवस्था खेलाडीहरु स्वयंले गर्नुपर्नेछ ।
विक्रम थामी
अध्यक्ष
खोपाचागु खेलकुद समिति, विगु गाउँपालिका–८, दोलखा ।
थप जानकारीको लागि सम्पर्क नम्बर : ९८६१०५६८२१, ९८४९२४२४९१