सिन्धुपाल्चोकमा जुकाको औषधी सर्किँदा ३ वर्षका बालकको मृत्यु
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ गोल्चे निम्लुङमा जुकाको औषधी सर्किँदा तीन वर्षका बालकको ज्यान गएको छ । सुप्पा लामाको छोरा तीन वर्षका सम्शेर लामाको औषधी सर्किँदा ज्यान गएको स्थानीय विष्णुलाल दोङले बताउनुभयो ।
स्थानीय स्वयंसेविका सँगलमु लामा र सँगलमु स्याङ्बोले स्वास्थ्य चौकी बैकुण्ठेबाट भिटामिन र जुकाको औषधी ल्याई बच्चालाई खुवाउने क्रममा सर्किएको हो । बालकलाई औषधी सर्कन गई फिज काट्न थालेपछि उपचारको लागि एम्बुलेन्समा राखी प्राथमिक स्वास्थ्य केन्द्र साङ्बोटेतर्फ लगिएको थियो । बिहान ११ बजेर ५६ मिनेटको समयमा स्वास्थ्य केन्द्रका प्रमुख डा सञ्जीव खड्काले बालकको मृत्यु भई सकेको बताउनुभयको थियो ।
मृतक बालकको शव पोस्टमार्टमको लागि चौतारा अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९ १८:५७
प्रतिक्रिया दिनुहोस्