रामेछापमा रंगेहात पक्राउ परेका इन्जिनियरबाट थप साढे ९ लाख बरामद
रामेछाप – रामेछापको खानेपानी कार्यालयबाट २८ लाख रुपैयाँ घुस सहित पक्राउ परेका इञ्जिनियर र प्लम्बरको साथबाट थप साढे ९ लाख रुपैयाँ बरामद भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित पक्राउ परेका दुवैजनाको खानतलासी लिने क्रममा थप साढे ९ लाख रुपैयाँ फेला पारेको हो ।
खानेपानी तथा सरसफाइ डिभिजन–४ का इञ्जिनियर नवराज सत्याल र करारका प्लम्बर बखतबहादुर थापा आज १६ लाख नगद १२ लाख रुपैयाँको चेकसहित पक्राउ परेका थिए । रामेछापको मन्थलीस्थित इञ्जिनियर सत्यालको सरकारी निवासमा थप खानतलासीको क्रममा रकम बरामद भएको अख्तियारको दावी छ ।
उनीहरुले सेवाग्राहीसँग घुस मागेको सूचना पाएको आधारमा आफ्नो टोलीले निगरानी गरेको र उनीहरुको खानतलासी लिएको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९ १८:३८
प्रतिक्रिया दिनुहोस्