Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा एमालेले सार्यो नयाँ अनुहार, संघमा शिवाकोटी, प्रदेशमा श्रेष्ठ र केसी

काठमाडौं  - नेकपा एमालेले दोलखाको संघ र प्रदेशमा नयाँ अनुहारलाई अघि सार्ने भएको छ । अन्तिम घडीमा परिवर्तन गर्दै एमालेले नयाँलाई अबसर दिने निर्णय गरेको हो । यसअघि संघमा जिल्लाका दुई शीर्ष नेता तथा पूर्वमन्त्रीहरु आनन्द पोखरेल र पार्वत गुरुङको चर्चा रहेकोमा नेता वालकृष्ण शिवाकोटीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

यसैगरी वाग्मती प्रदेशसभा १ नम्बर निर्वाचन क्षेत्रमा जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ र २ मा भीमेश्वर नगरपालिकाका पुर्व मेयर भरत केसीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । संघ र प्रदेशका तीनै जना उम्मेदवार संसदिय निर्वाचनका लागि नयाँ अनुहार हन् । स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले दोलखाका तीनैजना उम्मेदवारको नाम बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीलाई दिएका छन् । मतदातामा नयाँ अनुहारको डिमाण्ड रहेको सेन्टिमेन्ट सम्बोधन गर्न यस्तो निर्णय आएको बताईएको छ । 

शिवाकोटी संसदिय निर्वाचनका लागि नयाँ अनुहार र प्रतिष्ठित व्यवसायी समेत हुन् । एमालेको विभिन्न तहमा लामो समय काम गरेका उनको चुनावी प्रतिस्पर्धा भने पहिलो हुनेछ । अघिल्लो निर्वाचनमा प्रदेशसभामा आकांक्षा देखाएका उनले अन्तिम समयमा नेता पशुपति चौलागाईलाई छाडेका थिए । 

प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update