Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय दोलखाको आग्रह

दोलखा –  जिल्ला प्रशासन कार्यालय दोलखाले हातहतियार बुझाउन आग्रह गरेको छ । कार्यालयले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न जिल्ला भित्र रहेका ईजाजत प्राप्त हतियारहरु बुझाउन आग्रह गरेको  प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिनुभयो । 
उहाँँका अनुसार आगामी कार्तिक ५ गते भित्रमा आफ्नो पायक पर्ने नजिकैको प्रहरी इकाईमा अनिवार्य रुपमा बुझाउनुहुन अनुरोध गरिएको छ ।  यसरी बुझाईएको हातहतियारहरु लगत राखी सुरक्षित रुपमा राखिने र निर्वाचन सम्पन्न भए पश्चात हतियार धनीलाईनै फिर्ता गरिने जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update