काभ्रेमा पहिरोले घर पुरियो, एकै परिवारका तीनजनाको मृत्यु
बनेपा - काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । जिल्लाको बेथानचोक गाउँपालिका ४, चलाल गणेशथानमा गएराति पहिरो जाँदा तीनजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ६५ वर्षिया लुदुलुङ तामाङ [ठूलीमाया], ४४ विर्षिय मीरबहादुर तामाङ र ४० वर्षिया सावित्री तामाङ रहेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका सहायक प्रमुल जिल्ला अधिकारी अमर दीप सुनुवारले जानकारी दिए ।
सावित्री र मीरबहादुर लुदुलुङ तामाङका छोराछोरी हुन् । सावित्री र मीरबहादुरको घटनास्थलमा र लुदुलुङको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९ ०८:४५
प्रतिक्रिया दिनुहोस्