Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खोल्न चीन तयार

काठमाडौं - सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका खोल्न चीन सकारात्मक देखिएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा दुबै नाका तत्काल संचालनमा आउनेगरी वातावरण बनाउने बताएका हुन् ।

राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालका अनुसार चिनियाँ नेता लीले राष्ट्रपति भण्डारीसँग भेट्नुअघि व्यापारिक क्षेत्र हेर्ने चिनियाँ अधिकारीसँग कुरा गरेको भन्दै तत्कालैदेखि नाका खुल्ने बताएका थिए ।

‘यहाँ आउनुअघि मैले व्यापारिक क्षेत्र हेर्ने चिनियाँ अधिकारीसँग कुरा गरेँ, यो सन्देश हाम्रो राष्ट्रपति सि जिनपिङसमक्ष पनि पुगेपछि अब म राष्ट्रपतिज्यूसँग भन्न सक्छु कि नाकाहरु तत्कालै सञ्चालन हुनेछन्’ चिनियाँ नेता ली को भनाई उधृत गर्दै ढकालले भने । दशैतिहार जस्ता ठुला चाडपर्ब नजिकिँदै गर्दा दुबै नाकाहरु संचालन नहुँदा व्यापारीले समस्या झेल्दै आएका थिए । 

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update