Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पार्टी विभाजन हुने दुस्‍वप्न देखेर अध्यादेश ल्याएको भए त्यो राजनीतिक अपराध हो : नेतृ झाँक्री

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीकी सांसद रामकुमारी झाँक्रीले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशको विरोध गरेकी छन् । सामाजिक संजाल मार्फत कडा आपत्ती जनाउँदै उनले पार्टी विभाजन हुने दुस्‍वप्न देखेर अध्यादेश ल्याएको भए पनि त्यो अपराध भएको टिप्पणी गरेकी छन् ।

‘कमरेड १ कानुनले पार्टी फुट्न र रोक्न दुवै सक्छ । जसको पार्टी विभाजन गर्ने दुस्वप्न देखेर अध्यादेश ल्याएको भएपनि त्यो अपराध हो । किनकी आज हामीलाई राजनीतिक एकता चाहिएको छ । विभाजन होइन ।’ नेतृ झाँक्रिले उल्लेख गरेकी छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धी ऐनको परिच्छेद ६ मा रहेको दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न अध्‍यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । उक्त व्यवस्थाअनुसार अब कुनै पनि दल विभाजन गर्न दलको केन्द्रीय समिति वा सं‌सदीय दलमा ४० प्रतिशत मत भए पुग्छ । यसअघि केन्द्रीय समिति र स‌सदीय दल दुबैतिर ४० प्रतिशत मत पुर्‍याउनुपर्ने व्यवस्था थियो ।

सरकारले गरेको सिफारिसअनुसार सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी पनि गरेकी छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update