Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पूर्वमन्त्री पोखरेलद्वारा लिखित ‘गन्तव्य समाजवाद’ नामक पुस्तक लोकार्पण

काठमाडौँ - पूर्वमन्त्री तथा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलद्वारा लिखित ‘गन्तव्य समाजवाद’ नामक पुस्तक सार्वजनिक भएको छ । काठमाण्डौंको तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित एक समारोहकाबीच पूर्वराजदूत नीलाम्बर आचार्य, बुबा इन्द्रप्रसाद र आमा रनधाता पोखरेल लगायतले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरे ।

पुस्तकबारे टिप्पणी गर्दै पूर्वराजदूत आचार्यले पुस्तकमा समाजवादका विषयमा गहन अध्ययन गरी तयार पारिएको हुनाले पढ्नका लागि पुस्तक उपयुक्त भएको बताए । कार्यक्रममा लेखक पोखरेलले नेपालको राजनीतिक परिवर्तनमा एमालले खेलेको भूमिका, संविधान निर्माणमा पु¥याएको योगदान र कम्युनिष्ट सरकारको नेतृत्वमा भएका उपलब्धिलाई पनि पुस्तकमा समेटेको जानकारी दिए ।

लेखक पोखरेलका अनुसार पुस्तकमा “मुलुकको विकासका लागि प्राकृतिक स्रोतसाधनको कसरी उपयोग गर्न सकिन्छ भन्ने बारे आफ्ना दृष्टिकोण प्रस्तुत गरिएको छ । 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पुस्तकको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्ध घनिष्ठ र सुमधुर हुनुपर्ने, पार्टीभित्र विकृति र विसङ्गति अन्त्य गर्न पार्टी शुद्धीकरणको विशेष प्रयास हुनुपर्ने, पार्टीको आन्तरिक जीवन लोकतान्त्रिक, पारदर्शीका हुनुपर्ने भनी पार्टीका लागि दिईएको सुझाव महत्वपुर्ण रहेको चर्चा गरे ।     

जनविचार पब्लिकेशन एण्ड रिसर्च परिवारले प्रकाशन गरेको उक्त पुस्तकमा विभिन्न समयमा प्रकाशन भएका चार सय लेख रचनामध्येबाट ७४ लेख रचनालाई समावेश गरिएको छ । कार्यक्रममा राजनीतिक दलका नेतासहित बिभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरुले पुस्तक र समकालिन नेपाली राजनीतिबारे चर्चा गरेका थिए ।  

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update