Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पुर्ब जिसस प्रमुख पाण्डे दोलखाको प्रदेश निर्वाचन क्षेत्र (ख) तर्फ सिफारिस

चरिकोट - नेकपा (एमाले) बाग्मती प्रदेश कमिटी सदस्य एबम दोलखा जिल्ला सह इन्चार्ज डबल पाण्डेले प्रत्यक्षबाट प्रदेशसभा सदस्य निर्वाचन लड्ने आकांक्षा देखाएका छन् । प्रदेशसभा सांसद लड्ने आकांक्षा देखाएपछि उनलाई पार्टीको जिल्ला कमिटी बैठकले उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।

जिल्ला समन्वय समितिको सफल नेतृत्व गरेका पाण्डे जिल्लामा कृयाशिल र शालिन नेताको रुपमा चिनिन्छन् । ब्याचलर सम्मको औपचारिक शिक्षा हासिल गरेका पाण्डे विद्यार्थी कालदेखिनै राजनितिमा सक्रिय थिए ।

२०३९ सालबाट तत्कालनि कम्युनिस्ट पार्टीको सम्पर्कमा रहेका पाण्डे, २०३९ सालमा अनेरास्वियु प्राक सदस्य, २०४१ सालमा अनेरास्वियु जिल्ला कमिटी सदस्य, २०४२ देखि २०४६ सम्म तत्कालीन नेकपा माले गाउँ, इलाका कमिटीको सचीव हुँदै २०४७ देखि २०६९ सम्म नेकपा एमाले जिल्ला कमिटी दोलखाको सदस्य, २०७० देखि २०७८ सम्म एमाले दोलखा जिल्ला कमिटी उप सचिव, २०७४ मा जिल्ला समन्वय समिती दोलखाको प्रमुख, २०७८ नेकपा केन्द्रिय माहाधिबेसन आयोजक कमिटी सदस्य भएका थिए ।

पाण्डे हाल एमाले बाग्मती प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति महासंघ केन्द्रिय सचिवालय सदस्यको जिम्मेवारीमा पनि छन् । 

२०४६ सालको जनआन्दोलनको पृष्ठभूमिमा तत्कालीन पन्चायती शाशकको निर्देशनमा पक्राउ परेका उनले एकमहिनासम्म जेल जीवन बिताएका थिए । जेलभित्र कडा यातना झेल्नुपरेको उनको अनुभव छ । २०५२ बाट शुरु भएको सशस्त्र जनयुद्धको क्रममा २०५९ देखि २०६३ सम्म उनी गाउँबाट शिक्षण पेशा छोडेर बिस्थापित हुनुपरेको थियो । 

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update