नेता शर्माको प्रश्न : वहुमत आफैसँग हुँदाहुँदै अरु पार्टी किन फुटाउनुपर्यो ?
काठमाण्डौं - नेकपा स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकरले दुई तिहाई हुँदाहुँदै अरु पार्टी किन फुटाउनुपर्यो भन्दै प्रश्न गरेका छन् । मन्त्रीपरिषदबाट पारित भएको दल विभाजन सम्बन्धि अध्यादेशबारे प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
उक्त अध्यादेश नेकपा भित्र लागु नहुने र अन्य दलका लागि ल्याईएको भन्दै बचाउ गरिएपछि शर्माले दुई तिहाई बहुमत आफैसँग हुँदा हुँदै अरु पार्टी फुटाउन किन आवश्यक भयो भन्दै प्रश्न गरेका हुन् ।
शर्माले सामजिक संजालमा लेखेको स्टाटसमा प्रधानमन्त्रीले नेकपा फुटाउन उक्त अध्यादेश ल्याएको हुनसक्ने आसय व्यक्त गरिएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७ १८:५७
प्रतिक्रिया दिनुहोस्