Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
ओरियन्ट म्याग्नेसाईट उद्योगको पाटपुर्जा हराए

चौतारा - दोलखा र सिन्धुपाल्चोक स्थित ओरियन्ट म्याग्नेसाईट उद्योग वर्षौंदेखि बन्द रहँदा त्यहाँ रहेको महत्वपुर्ण पाटपूर्जाहरु हराएका छन् । ओरियन्ट म्याग्नेसाइट उद्योगको संरचना दुई जिल्लामा निर्माण भएको थियो । उद्योग ३४ वर्षदेखि बन्द छ । उद्योग बन्द हुँदा धेरैको रोजगारीको अवसर गुमेको छ ।

स्थानीयका अनुसार उद्योगका महत्वपूर्ण पाटपुर्जाहरुसमेत चोरी भएका छन् । नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिको नामबाट सञ्चालित उद्योग बन्द हुँदा प्रत्यक्ष, अप्रत्यक्षरूपमा तीन हजारभन्दा बढीको रोजगारी गुमेको छ । 

सरकारले पटक पटक उद्योग पुनः संचालन गर्ने बताएपनि कार्यान्वयन नगर्दा करोडौं मूल्य बराबरको उद्योगको सामान कवाडीका रुपमा थन्किएका छन् । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८र७९ को नीति कार्यक्रममा उद्योग पुनः संचालनको योजना समेटेको थियो । 

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update