Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखा प्रदेश निर्वाचन क्षेत्र (क) को प्रत्यक्ष उम्मेदवारमा एमालेबाट चार जनाको दाबी

चरिकोट - नेकपा एमाले दोलखाले जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र (क) को प्रत्यक्ष निर्वाचन क्षेत्रतर्फ ४ जनाको नाम सिफारिस गरेको छ । सोमवार सम्पन्न जिल्ला कमिटी बैठकले उनीरुको नाम सिफारिस गर्ने निर्णय गरेको हो । जसमा जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, जीबसराज खड्का, टंक जिरेल र विदुर शर्मा रहेका छन् । 

यसैगरी समानुपातिक तर्फ अम्विका गोले, उर्मिला सुनुवार, शान्तिकुमारी तामाङ, लक्ष्मण बाँडा गुभाजु, सुन्दर कार्की, नविना तामाङ गोले, डिल्लीध्वज बराईली, हरिबहादुर जिरेल, रामबहादुर श्रेष्ठ, मिङमा शेर्पा, रमेश सुनुवारको नाम सिफारिस गर्ने निर्णय गरेको हो । 

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update