Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
यी हुन् दोलखाबाट माओवादी केन्द्रले सिफारिस गरेका संघ र प्रदेशका ४० जना उम्मेदवार

चरिकोट – नेकपा माओवादी केन्द्र दोलखाले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार सिफारिस करिब टुंग्याएको छ । जिल्ला समन्वय कमिटीको सामेवार अबेरसम्म बसेको बैठकले जिल्लाको एक मात्र निर्वाचन क्षेत्र रहेको प्रतितिधिसभा तर्फ ६ जनाको नाम सिफारिसको सुचीमा राखेको छ । जसमा पोलिट व्युरो सदस्य देवी खड्का, गंगा कार्की विश्व, विशाल खड्का,  शंकर लामा, गोपाल पाण्डे र हेम श्रेष्ठ रहेका छन् । 

माओवादी दोलखाका संस्थापक नेता विश्व अहिलेसम्म संसदिय फाँटको जिम्मेवारीमा पुग्ने अवसर नपाएका नेता हुन् । देवि खड्का संविधानसभा सदस्य र राज्यमन्त्रीको समेत जिम्मेवारी निर्वाह गरेकी नेतृ हुन् । प्रदेशसभा निर्वाचन क का बहालवाला सांसद विशाल खड्का हाल वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा छन् । लामा माओवादी दोलखाको संस्थापक मध्येका एक नेता हुन् । उनीपनि पार्टीबाट संसदिय फाटको जिम्मेवारी  पाएका छैनन् । पाण्डे तत्कालिन जनमुक्ति सेनाको ब्रिगेडियर हुँदै शान्ति प्रक्रियापछि जिल्लाको राजनीतिमा सक्रिय भएका हुन् । श्रेष्ठ भने २०६४ सालको संविधानसभा निर्वाचनमा जिल्लाको २ नम्बर निर्वाचन क्षेत्रबाट सभाषद निर्वाचित भएका थिए । नेताहरुका अनुसार उनीहरूको नाम करिब करिब टुंगि सकेको छ ।

यस्तै बैठकले संघको समानुपातिक तर्फ छिरिङ शेर्पा, नरबहादुर पाख्रिन, सोम बहादुर तामाङ, टेक बहादुर थामी र मेख बहादुर खातीको नाम सिफारिस गर्ने करिब टुंगो लागेको बैठकमा सहभागि माओवादी केन्द्र प्रदेश क्षेत्रीय समन्वय कमिटीका संयोजक पुष्कर अधिकारीले जानकारी दिए ।   

माओवादी केन्द्रले जिल्लाको प्रदेश निर्वाचन क्षेत्र (क) को प्रत्यक्ष तर्फ आङ्गडेन्डी शेर्पा, बिमर्शराज कार्की प्रभात, बासुदेब पोखरेल आकास, भिम बहादुर श्रेष्ठ अबिरल, बलराम थापा, नविन जिरेल प्रतिक र हिमाली गोलेको नाम सिफारिस गर्ने तयारी गरेको छ । यस्तै समानुपातिक तर्फ भगवती प्रधान, रिता रिमाल, किशोर कुमार दहाल, कृष्ण बहादुर कार्की, लालकाजी तामाङ्ग, प्रेम थोकर, टंक खाती उद्धव, तेज बहादुर तमाङ्ग, भिमबहादुर श्रेष्ठ, लालकाजी तामाङ र टंकबहादुर खाती सिफारिस हुने सम्भावना छ । 

यस्तै प्रदेश निर्वाचन क्षेत्र (ख) तर्फ गोपाल पाण्डे, कमल श्रेष्ठ, नरबहादुर पाख्रिन, नरेन्द्र श्रेष्ठको नाम तय भएको छ भने समानुपातिक तर्फ ढालबहादुर लामिछाने, रिता रिमाल, डोल्मा थामी, लक्ष्मी थामी, कमला कार्की, निला कुमार श्रेष्ठ, राजेन्द्र नेपाली, शान्ता कार्की र सोमबहादुर तामाङको नाम सिफारिस हुँदैछ । 

गठबन्धनको सिट बाँडफाँडलाई मध्येनजर गर्दै कतिपय नेताहरुलाई संघ र प्रदेश दुबैतर्फ सिफारिस गरिएको बताईएको छ । प्रत्यक्षतर्फ संघतर्फको सिट माओवादी केन्द्रको भागमा परे प्रदेश तर्फ अन्य दलहरुलाई छाड्नुपर्ने अवस्था छ । 

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  २२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update