Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
संघ र प्रदेशतर्फ दोलखाबाट कांग्रेसका ३८ जना आकांक्षीको नाम सिफारिस

चरिकोट – नेपाली कांग्रेस दोलखाले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । कांग्रेसले संघतर्फ ११ जना र प्रदेशतर्फ २७ गरि जम्मा ३८ जनाको नाम प्रदेश र केन्द्रमा निर्णय गरी पठाएको हो । जिल्ला कार्यसमितिले जिल्लाको एक मात्र संघीय निर्वाचन क्षेत्र तर्फ ११ जनाको नाम सिफारिस गरेको छ ।

जसमा केन्द्रीय सदस्य जिपछिरिङ लामा, कुन्दनराज काफ्ले, अजयबाबु शिवाकोटी, जिल्ला सभापति बर्मा लामा, पुर्व जिल्ला सभापति तारा बहादुर कोईराला, रुद्रबहादुर खड्का र उद्धवराज काफ्ले रहेका छन् । लामा हाल संघीय संसदमा समानुपातिक तर्फबाट प्रतिनिधित्व गरिरहेका छन् । कांग्रेसको विधानमा समानुपातिक उम्मेदवार नदोहोर्याउने व्यवस्था गरिएपछि उनलाई प्रत्यक्षतर्फ चुनाव लड्नुपर्ने बाध्यता छ । उनी देउवा निकट मानिन्छन् ।

संघको टिकट नपाए उनीहरुमध्येबाट केही नेताहरु प्रदेशमा झर्नसक्ने सम्भावना छ । महिला प्रत्यक्षतर्फ लक्ष्मीकुमार तामाङ र समानुपातिक तर्फ प्रभुराम श्रेष्ठ, पुष्कर कुमार खड्का र सुमित्रा न्यौपानेको नाम सिफारिस गरिएको छ । 

प्रदेशसभा (क) को प्रत्यक्षतर्फ भविन्द्र कार्की, ताराकुमार खड्का र भुवन केसी, महिलाबाट विनिता अधिकारीको नाम सिफारिस गरिएको छ । यस्तै प्रदेश ख को समानुपातिकतर्फ शुक्रराज तामाङ, सुदर्शन कार्की, सोनाम शेर्पा, केदार सुनार, हस्तलाल तामाङ योञ्जन र महिलाबाट रोचना उप्रेती, तारा थपलिया, लिलादेवी जिरेल र सुमित्रा पाख्रिन सिफारिसको सुचीमा परेका छन् । 

प्रदेश निर्वाचन क्षेत्र (ख) को प्रत्यक्षतर्फ केशवराज चौलागाई, राकेश श्रेष्ठ, सन्तोष पाण्डे, युधिष्ठिर खड्का, कुलराज थापा र महिलाबाट छिरिङडोमा शेर्पाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ  चित्र बहनदुर कार्की, दावा शेर्पा, सिताराम ठकुरी, रामकुमार नेपाली, कविराज थामी र महिलाबाट अनिता श्रेष्ठ, सुनिता नेपाली र मोतिमाया मोक्तानको नाम सिफारिस गरिएको कांग्रेस दोलखाका प्रवक्ता राकेश श्रेष्ठले जानकारी दिए । 

यसैबीच नेपाली कांग्रेसले पार्टीको बिभागहरुमा जिम्मेवारी तोकेको जनाएको छ । जसअनुसार संगठन विभाग प्रमुखमा भुवन केसी, विपन व्यवस्थापन तथा सामाजिक सुरक्षा समितिको प्रमुखमा प्रभुराम श्रेष्ठ, शिक्षा तथा बृद्धिजिवी विभागमा तारा बहादुर कार्की, स्वास्थ्य विभाग डा. राजेनद्र श्रेष्ठ, पर्यटन तथा संस्कृति विभाग श्रान्तकृष्ण श्रेष्ठ, पेशागत श्रमिक तथा टे«ड युनियन विभाग श्याम खड्का, सूचना तथा प्रचार विभागको प्रमुखमा दिपशंकर चौलागाई चयन भएका छन् ।

यस्तै उद्योग तथा वाणिज्य विभाग सुदर्शन कार्की, कानुन कार्यान्वयन तथा न्याय निरुपण भिभाग रामराज शिवाकोटी, सहकारी विभाग पवन कुमार दाहाल, स्थानीय तह समन्वय विभाग प्रकास शिवाकोटी, विद्यालय, शिक्षा तथा विज्ञान प्रविधि विभाग राजन बस्नेत, महिला तथा लैंगिक समानता विभागको प्रमुखमा विनिता अधिकारी अधिकारी र लोकतान्त्रिक खेलकुद बिभागमा मनोजकुमार श्रेष्ठलाई चयन गरिएको छ । नेपाली कांग्रेस दोलखा काठमाण्डौं सम्पर्क समिति तत्काल पुर्नगठन गर्नेगरी भंग गरिएको कांग्रेसले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update