Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कन्टेनर दुर्घट्नामा परी घाईते भएका दोलखा गौरीशंकरका युवकको मृत्यु

काठमाण्डौं – रसुवामा भएको कन्टेनर दुर्घट्नामा दोलखाको गौरीशंकर गाउँपालिका घर भएका एक युवकको ज्यान गुमाएका छन् । मृत्यु हुनेमा गौरीशंकर गाउँपालिका वडा नम्बर ५ का अन्दाजी २३ वर्षिय विश्वनाथ भूजेल रहेको नुवाकोट प्रहरीले जनाएको छ ।

भुजेल काठमाण्डौंतर्फ आउँदै गरेको ना ३ ख १९१ नम्बरको कन्टेनर दुर्घट्ना परेका थिए । दुर्घट्नामा गम्भिर घाईते उनको उपचारका क्रममा मृत्यु भएको हो । उपचारका लागि काठमाण्डौं स्थित त्रिवि शिक्षण अस्पतालमा पुर्याईएका उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update