Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित

बनेपा – पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित भएका छन् । अन्य अध्यक्षका प्रत्यासी नृपध्वज महत र व्यवसायी उद्धव गौतमलाई पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् । काभ्रेपलाञ्चोकको बनेपामा बुधवार सम्पन्न मतदानमा ५८२ जना व्यवसायीहरुले मतदान गरेका थिए ।

त्यसमा सबैभन्दा बढि मत क्षेत्रीले प्राप्त गरेका हुन् । अध्यक्षमा निर्वाचित क्षेत्रीले २९७ मत प्राप्त गर्दा गौतमले १२६ र महतले ११८ मत प्राप्त गरे । 

क्षेत्रीले यसअघि पनि अरनिको यातायातको नेतृत्व सम्हालिसकेका छन् । २०७४ सालको निर्वाचनमा उनी नेकपा एमालेको तर्फबाट सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष समेत भएका थिए । पछिल्लो समय उनी कांग्रेसमा सक्रिय छन् ।  
अरनिको यातायातले दोलखा, सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लाहरुमा यातायात सेवा संचालन गर्दै आएको छ ।

सरकारले सार्वजनिक यातायातलाई कम्पनी मातहत लैजाने निर्णय गरेपछि अरनिको यातायात सेवा समिति पुर्व अरनिको यातायात प्रालिको रुपमा संचालन हुँदै आएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update