Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
उच्च स्तरीय संयन्त्र बनाउन सरकारलाई राज्य ब्यवस्था समितिको निर्देशन

काठमाडौं - कोरोना भाइरसविरुद्ध लड्न सर्वपक्षीय उच्चस्तरीय संयन्त्र बनाउन संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ । सभापति शशी श्रेष्ठले समितिको तर्फबाट सरकारलाई पत्रमा कोभिड १९ ले उत्पन्न गराएको विषम परिस्थितिको सामना गर्न उच्च स्तरिय संयन्त्रको आवश्यकता औल्याईएको छ ।

‘कोभिड १९ बाट उत्पन्न विषम परिस्थितिको सामना गर्न रणनीतिक योजनाको निर्माण, त्यसको प्रभावकारी कार्यान्वयन र व्यवस्थापन कार्यमा सहयोग र सहकार्यका लागि सरकारको पहल कदमीमा सबै राजनीतिक दल, जनस्वास्थ्य विज्ञ र सरोकारवालाहरूको सहभागितामा सर्वपक्षीय उच्चस्तरीय समिति निर्माण गरी महामारीविरुद्धको महाअभियानमा क्रियाशील बनाउनुपर्छ, पत्रमा भनिएको छ ।

राज्य व्यवस्था समितिले प्रत्येक निर्वाचन क्षेत्रमा समेत सर्वपक्षीय संयन्त्र निर्माण गर्न सरकारलाई सुझाव दिएको छ । सभापति श्रेष्ठका अनुसार संघीय सांसदको नेतृत्वमा अनुगमन समिति गठन गरेर महामारीविरुद्धका गतिविधिको अनुगमन गर्न र सबैको सहभागितामा विपत्तिको सामना गर्न सकियोस् भन्ने हेतुले सर्वपक्षीय उच्चस्तरीय समिति गठन गर्न सरकारलाई सुझाव दिईएको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update