दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीको भेला
चरिकोट – राष्ट्रिय स्वतन्त्र पार्टीले दोलखामा जिल्ला स्तरिय भेलाको आयोजना गरेको छ । सदरमुकाम चरिकोटमा प्रथम भेलाको आयोजना गर्दै उक्त पार्टीले जिल्लामा आफ्नो गतिबिधि सुरु गरेको हो । भेलालाई पार्टी सभापति रबि लामिछाने लगायतका बक्ताहरुले सम्बोधन गरेका थिए ।
कार्यक्रममा बोल्दै सभापति लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी अन्य पार्टी भन्दा फरक रहेको र मुलुकको सही नेतृत्व गर्ने बताए । सभापति लामिछाने सहित केन्द्रीय सदस्यहरु मञ्चमा परिचयपछि दर्शकदिर्घामै बसेका थिए ।
कार्यक्रममा मेरो परिकल्पनाको देश भन्ने शिर्षकमा सहभागिहरुलाई मन्तव्य राख्न दिईएको थियो । भेलाको बन्दसत्रले पार्टीको जिल्ला कार्यसमिति चयन गर्ने बताईएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९ १४:४२
प्रतिक्रिया दिनुहोस्