काठमाडौँ - दुई सातायता सुनको भाउ ओरालो लाग्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा अहिले सुनको मूल्य घट्दो ट्रेन्डमा छ । त्यसको असर नेपालमा पनि परेको व्यवसायीहरुले बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुई सातामा सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ ।
बुधबार आज प्रतितोला ९४ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको छ । बुधवारको मूल्य अघिल्लो दिनको तुलनामा ८ सय रुपैयाँ कम हो । भदौ १ गते सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य साढे ५ महिनाअघि (१० मार्चमा) प्रतिऔंस २०५७ डलरसम्म पुगेकोमा हाल १७२२ डलरमा झरेको छ ।
नेपालमा पनि गत फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । त्यस्तै दुई साताको अवधिमा चाँदी प्रतितोला मुल्य ८० रुपैयाँले कम भएको छ । बुधबार चाँदी प्रतितोला ११३० रुपैयाँमा कारोबार भएको छ । भदौ १ गते १२१० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।